निर्वाचन

    इलाम–२ मा मतपेटिका सङ्कलन गरिँदै, आजै मतगणना सुरु गर्ने तयारी

    नवलपुर टुडे
    २०८१ बैशाख १५ | मध्यान्ह ०६:०१ बजे

      इलाम, वैशाख १५ । इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा मतदान सम्पन्नपछि मतपेटिका संकलन गर्न थालिएको छ । मतपेटिका इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा संकलन गरिएको छ ।

      प्रतिनिधि सभा सदस्य चयनका लागि बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिँदा ५७ प्रतिशत अर्थात् करिब ६६ हजार मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उक्त निर्वाचन क्षेत्रमा मतदाता सङ्ख्या १ लाख १५ हजार ८ सय ८९ छ ।

      मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सकिएर मतपेटिका सङ्कलनको काम भइरहेको प्रजिअ यादवले जानकारी दिए । मतगणनाका लागि सिटी हलमा तारजालीसहित सीसीटीभी क्यामरा जडान गरिएको छ ।  मतगणना दुई ठाउँमा गर्ने तयारी छ ।

        कमेन्टहरु