निर्वाचन

    इलाममा आज रातिदेखि नै मतगणना सुरु गरिने, बझाङमा भोलिमात्र

    नवलपुर टुडे
    २०८१ बैशाख १५ | मध्यान्ह ०३:०१ बजे

      काठमाडौं, वैशाख १५ । इलाम क्षेत्र नम्बर २ को मतगणना आजै राति शुरु हुने भएको छ । बझाङमा भने आइतबार बिहान ११ बजेदेखि मतगणना थालिने निर्वाचन आयोगले जनाएको छ ।

      अहिले दिउँसो ३ बजेसम्ममा इलाममा ६० हजार मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

      मतदान जारी रहँदा मतगणनाको तयारी पनि भइरहेको छ । इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना गरिनेछ । सिटी हलमै दुई स्थानमा मतगणना गर्ने तयारी गरिएको छ ।

      मतगणनाका निम्ति तारजाली लगाउने काम भइसकेको छ । आवश्यक अरू सामग्री ल्याउने कार्य भइरहेको छ । आवश्यक डेस्क, बेन्च, अरू कागजातलगायत सामग्री ल्याउने क्रम जारी छ ।

      आजै राति १० बजेभित्र मतपेटिका जिल्ला ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना अघि बढाउने तयारी छ ।

      इलाममा गत वर्ष निर्वाचनमा ६० प्रतिशत मत खसेकोमा यस पटक ६३ प्रतिशतसम्म पुग्ने अनुमान रहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । त्यस्तै बझाङमा पनि ५३ प्रतिशतभन्दा माथि नै मत खस्ने सम्भावना रहेको उनले बताए ।

        कमेन्टहरु