घटना

    गुल्मीमा विद्युतको तारबाट खरबारीमा आगलागी हुँदा घर जलेर नष्ट

    नवलपुर टुडे
    २०८१ बैशाख १२ | बिहान ०८:०१ बजे

      गुल्मी, वैशाख १२। गुल्मीमा विद्युतको तारबाट खरबारीमा आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । रूरूक्षेत्र गाउँपालिका- ५ को खरबारीमा सल्किएको आगोले गिरिबहादुर श्रेष्ठको घर जलेर नष्ट भएको  छ ।

      विद्युतको तारबाट खरबारीमा आगलागी हुँदै घरमा पुगेको थियो । आगलागीबाट घरमा रहेका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जनाएको छ । स्थानीय र प्रहरीले आगलागी नियन्त्रणमा लिएका थिए ।

      गर्मी र सुख्खा याम सुरु भएसँगै जिल्लाका दर्जन बढी स्थानका सामुदायिक वनजंगलमा आगलागी भइरहेको छ । आगलागीबाट करोडौंको क्षति भएको छ ।जिल्लाका विभिन्न स्थानमा आगलागीबाट झन्डै एक सयभन्दा बढी घरगोठसहित पशुचौपाया जलेर नष्ट भएको प्रहरीले जनाको छ ।

       

       

        कमेन्टहरु