देश

    राष्ट्रपति पौडेल कतारका अमिरलाई बिदाइ गर्न विमानस्थल जाने

    नवलपुर टुडे
    २०८१ बैशाख १२ | बिहान ०८:०१ बजे
    फाइल तस्बिर

      काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी आज स्वदेश फर्किंदै छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको द्विपक्षीय वार्तापछि अमिर आजै स्वदेश फर्किन लागेका हुन् ।  

      दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका उनले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् । वार्तापछि दुवै द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । 

      कतारका अमिरलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिदाइ गर्नेछन् । अमिरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर पौडेलले बिदाइ गर्नेछन् । यसअघि हिजो पनि अमिरलाई स्वागत गर्न पौडेल विमानस्थल पुगेका थिए ।  

        कमेन्टहरु