इतिहासमा आज : त्यो शक्तिशाली भूकम्प

नवलपुर टुडे
२०८१ बैशाख १२ | बिहान ०८:०१ बजे

सन् १९६० अप्रिल २४ मा बिलोक्सी मिसिसिपीमा दंगा भड्किएको थियो । प्रदर्शन गरिरहेका अश्वेत प्रदर्शनकारीहरूलाई गोरा मानिसहरूको भीडले आक्रमण गरेपछि सयौंले ज्यान गुमाएका थिए । सन् १९६२ अप्रिल २४ मा म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले क्याम्प पार्क क्यालिफोर्निया र वेस्टफोर्ड म्यासाचुसेट्सबीचको टेलिभिजन सिग्नलको पहिलो स्याटेलाइट रिले हासिल गरेको थियो ।
सन् १९६७ अप्रिल २४ मा सोभियत अन्तरिक्ष यात्री भ्लादिमिर कोमारोभको मृत्यु भयो । सन् १९७३ अप्रिल २४ मा भारतको महाराष्ट्रमा भारतीय क्रिकेटर सचिन तेन्दुलकरको जन्म भएको थियो । सन् २०१३ अप्रिल २४ मा बंगलादेशमा निर्माण गरिएको आठ तले व्यावसायिक भवन भत्किँदा १ हजार १ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।





