उपनिर्वाचन : आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने

नवलपुर टुडे
२०८१ बैशाख १२ | बिहान ०७:०१ बजे

काठमाडौँ, वैशाख १२ । आगामी १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने भएको छ ।
निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जानकारी दिएको छ ।
वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उम्मेदवार चुनावी मैदानमा छन् ।





