घटना

    फेवातालमा ‘बोटिङ्ग’ गर्ने क्रममा अड्किएका पाँच जनाको सकुशल उद्धार

    नवलपुर टुडे
    २०८१ बैशाख ११ | मध्यान्ह ०८:०१ बजे
      पोखरा । कास्कीको पोखरा महानगरपालिका-६ फेवातालमा ‘बोटिङ्ग’ गर्ने क्रममा अड्किएका पाँच जनाको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ।

      मंगलबार दिउँसो ३ बजेको समयमा फेवातालमा अचानक आएको हावा हुरीको कारण डबल प्याडल बोटमा ‘बोटिङ्ग’ गरिरहेका उनीहरु मतस्य पालन केन्द्रको जालमा अड्किएका थिए।  

      तत्कालै सशस्त्र प्रहरी बल नेपाल काली गणको एपीएफ फेवाताल रेस्क्यू टावरमा खटिएको विशेष उद्धार तथा गोताखोर टोलीले उनीहरूलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याएको हो।

      उद्धार हुनेहरुमा काठमाडौं महानगरपालिका २९ अनामनगर बस्ने ३० वर्षीय विक्रम मिकारानी, सोही ठाउँ बस्ने २६ वर्षीय आशिफा भानु, ५४ वर्षीय अनैजा दिल शाह, ८ वर्षीय रजिना खातुन र १८ महिनाकी महिनाकी मिरा रानी रहेका छन्। 

        कमेन्टहरु