देश

    तिनाउ खोला खतराको तहमा, सतर्क रहन बुटवल उपमहानगरपालिकाको आग्रह

    जगत ठाडा मगर
    २०७८ असार १ | मध्यान्ह ०६:०३ बजे

      असिम कामु मगर
      बुटवल । अबिरल परेको बर्षाको कारण बुटवलमा तिनाउ नदीले खतराको तह छुन लागेको भन्दै बुटवल उपमहानगरपालिकाले नदी क्षेत्रका वासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

      नगरप्रमुख शिवराज सुवेदीले नदीको निरिक्षण गर्दै नदी किनारका वासिन्दालाई सावधानी अपनाउन र सतर्क रहन आग्रह गरेका हुन् ।

      नगरप्रमुख सुवेदीले आपतकालिन सहायता आवश्यक परेमा टोल विकास संस्था, जनप्रतिनिधि अथवा सुरक्षा निकायमा खबर गर्न पनि आग्रह गरेका छन् । तिनाउको जल सतह खतराको अवस्थामा पुग्न लागेकाले मातहतका सबै संयन्त्र र जिल्ला स्थित सुरक्षा निकायलाई तम्तयार रहन समेत प्रमुख सुवेदीले आग्रह गरेका छन् ।

      बुटवल उपमहानगरपालिकाले आफ्ना संयन्त्रलाई जोखिमपूर्ण क्षेत्रमा निरीक्षण र सूचना संकलनका लागि खटाएको पनि उनले जानकारी दिए ।

        कमेन्टहरु