समाचार

    भक्तपुरमा बाघको आक्रमणबाट एक बालिका गम्भीर घाइते

    नवलपुर टुडे
    २०८१ बैशाख ९ | बिहान ०७:०१ बजे

      भक्तपुर, वैशाख ९ । भक्तपुरमा बाघको आक्रमणबाट एक बालिका गम्भीर घाइते भएकी छन् ।

      बाघको आक्रमणबाट चाँगुनारायण नगरपालिका–४ साङदहस्थित मामाघरमा पढ्न बसेकी १४ बर्सिया चयन बस्नेत घाइते भएकी हुन् । घर नजिकै कोही नबस्ने खाली घरमा खेल्न जानेक्रममा उनीमाथि बाघले आक्रमण गरेको थियो । 

      उनको अहिले टेकु अस्पताल उपचार भइरहेको भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए ।

        कमेन्टहरु