देश

    आज भैरहवामा ४३.६ डिग्री सेल्सियस, कहाँ कति गर्मी ?

    नवलपुर टुडे
    २०८१ बैशाख ८ | मध्यान्ह ०७:०१ बजे

      काठमाडौं । प्रिमनसुन सुरु भएयता नेपालमा गर्मी बढ्दै गएको छ । आउँदा दिनमा अझै गर्मी बढ्ने पूर्वानुमान छ । नेपालमा मे महिनामा बढी गर्मी हुने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार बेलुका सार्वजनिक गरेको २० स्थानको विवरणमध्ये भैरहवाको अधिकतम तापक्रम सबैभन्दा बढी ४३.६ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार भैरहवाको अधिकतम तापक्रम ४१.९ डिग्री सेल्सियस थियो ।

      यस दिन काठमाडौंको अधिकतम तापक्रम ३२.१ डिग्री सेल्सियस मापन गरिएको छ । शुक्रबार काठमाडौंको अधिकतम तापक्रम ३१ डिग्री सेल्सियस थियो ।शनिबार नेपालगन्जको अधिकतम तापक्रम ४०.६, सिमराको ४०.३, धनगढीको ३९.८, जनकपुरको ३९.४, वीरेन्द्रनगरको अधिकतम तापक्रम ३८.५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

      महाशाखाका अनुसार शुक्रबार नेपालगन्जको अधिकतम तापक्रम ४०.७, सिमराको ३६.२, धनगढीको ४०.६, जनकपुरको ३८, वीरेन्द्रनगरको अधिकतम तापक्रम ३८.१ डिग्री सेल्सियस मापन गरिएको थियो । शुक्रबारको तुलनामा शनिबार नेपालगन्ज, धनगढीको तापक्रम थोरै घटेको देखिन्छ । पश्चिमी र स्थानीय वायुको प्रभावका कारण मौसममा बदली हुँदा केही स्थानमा तुलनात्मक रूपमा तापक्रम थोरै घटेको महाशाखाले जनाएको छ ।

      महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे अधिकतम तापक्रम मापन गरी वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने गर्छ ।

      महाशाखाले शनिबार सार्वजनिक गरेको तापक्रमको सूची हेर्नोस्–

      udfmg-1713618771.jpg
       

       

       

        कमेन्टहरु