सुदुरपश्चिम प्रदेश

    झुलाघाट नाका पुनः सञ्चालनमा

    रासस
    २०८१ बैशाख ८ | मध्यान्ह ०७:०१ बजे

      बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको छ । भारतमा भएको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै बन्द गरिएको सीमानाका आजदेखि पुनः सञ्चालनमा आएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

      यही वैशाख ७ गते त्तराखण्ड राज्यमा भएको लोकसभा सदस्यको  निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ६ बजेदेखि वैशाख ७ गते निर्वाचन नसकिँदासम्मका लागि झुलाघाट नाका बन्द गरिएको हो ।

        कमेन्टहरु