मौसम

    आज यी प्रदेशमा वर्षाको सम्भावना

    नवलपुर टुडे
    २०८१ बैशाख ८ | बिहान ०६:०१ बजे

      काठमाडौँ । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

      मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

      त्यस्तै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ ।

      आइतबार देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको छ । 

        कमेन्टहरु