समाचार

    कर्णाली नदीमा बगेर दुई बालिका बेपत्ता

    नवलपुर टुडे
    २०८१ बैशाख ७ | बिहान ०७:०१ बजे

      बाजुरा, वैशाख ७ । बाजुराको नुनेपानीस्थित कर्णाली नदीमा नुहाउने क्रममा बगेर दुई बालिका बेपत्ता भएका छन् ।

      बाजुराको जगन्नाथ गाउँपालिका–२ बस्केना बस्ने नन्दबहादुर शाहको छोरी १५ वर्षीया सोबिना शाह र सोही ठाँउ बस्ने भुपेन्द्र शाहीको छोरी १३ वर्षीया सन्जु कुमारी शाही बिहीबार दिउँसो नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन् ।

      ती दुई बालिकासहित ५ जना बालिका नुहाउने क्रममा नदीमा बगेका थिए । तीन जना बालिकाको सकुशल उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

      साथै नदीमा बगेर बेपत्ता भएका दुई बालिकाहरुको खोजतलास गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु