देश

    मन्त्रिपरिषद् बैठकका मुख्य पाँच निर्णय

    नवलपुर टुडे
    २०८१ बैशाख ६ | मध्यान्ह ०७:०१ बजे

      काठमाडौं । सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सचिवमा खरेललाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

      बैठकले स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय पनि गरेको छ ।

      यस्ता छन् बैठकका मुख्य पाँच निर्णय

      १. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वाग्मती प्रदेशको प्रमुख सचिव पदमा सहसचिव गोविन्दबहादुर कार्कीलाई कायम मुकायम मुकर्रर गरी प्रदेश प्रमुख सचिवको पदमा कामकाजमा खटाउने ।

      २. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने ।

      ३. नेपाल लेखापरीक्षण सेवाको समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बैकुण्ठबहादुर अधिकारीलाई बढुवा गर्ने ।

      ४. नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा केदारनाथ शर्मालाई बढुवा गर्ने ।

      ५. राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने ।

        कमेन्टहरु