देश

    अबिरल बर्षाका कारण नारायणी नदीले चेतावनीको तह पार गर्‍यो, सचेत रहन प्रशासनको आग्रह

    जगत ठाडा मगर
    २०७८ असार १ | मध्यान्ह ०४:०३ बजे

      असिम कामु मगर
      चितवन । लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको सतहले चेतावनीको तह पार भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नारायणी नदीमा पानीको सतह ७.३ भन्दा माथि नाघेर ७.८ मिटर पुगेको छ । ८ मिटरभन्दा माथि पुगेपछि खतराको तह पुगेको मानिन्छ ।

      चितवनमा गएरातिदेखि लगातार वर्षा भइरहेको छ । पहाडी क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले नारायणीमा पानीको सतह अझै बढ्न सक्ने हुँदा सचेत रहन जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ।

      नारायणीमा पानीको सतह बढ्दा त्यसले पश्चिम चितवन क्षेत्रमा कटान र डुबान हुने खतरा बढी हुन्छ ।
      भरतपुर महानगरपालिकाको वडा नम्बर २६, २७ र २८ मा नारायणी नदीले बढी क्षति गर्ने गरेको छ ।

      नदीमा पानीको बहाव बढ्दै जाँदा सम्भावित जोखिमबाट जोगिन जिल्ला प्रशासन कार्यालय चितवनले यसअघि नै सूचना जारी गरेर सतर्कता अपनाउन आग्रह गरिसकेको छ ।

        कमेन्टहरु