दुर्घटना

    नारायणगढ-मुग्लिन सडकखण्डमा मिनी ट्रक दुर्घटना हुँदा पाँचवटा खसीको मृत्यु

    नवलपुर टुडे
    २०८१ बैशाख ६ | बिहान ०९:०१ बजे

      चितवन । चितवनको चितवनको आज बिहान खसी बोकेको मिनी ट्रक दुर्घटना हुँदा पाँच वटा खसी मरेका छन् । नारायणगढबाट मुग्लिनतर्फ गइरहेको रा१ख २४०२ नम्बरको मिनी ट्रक आज बिहान कालीखोला पुल नजिकै दुर्घटना भएको हो ।

      ‘कालीखोला पुल कटिसकेपछि भित्तातिर मिनीट्रक पल्टिएको हो,’ मुग्लिन प्रहरी कार्यालयका इन्सपेक्टर विशाल तामाङले भने, ‘दुर्घटनामा पाँच वटा खसी मरेका छन् ।

      मिनी ट्रकमा तीन जना मानिसहरु थिए, उनीहरु भने सकुशल छन् ।’

        कमेन्टहरु