अर्थ

    पेट्रोलियम पदार्थ प्रतिलिटर ३ रुपैयाँले बढ्यो

    नवलपुर टुडे
    २०८१ बैशाख ४ | बिहान ०६:०१ बजे

      काठमाडौ, बैशाख ३ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। मंगलबार बिहान १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाएको हो।

      भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो। निगमका अनुसार भारतबाट पेट्रोल प्रतिलिटर २.९६ र डिजेल प्रतिलिटर ३.४६ रुपैयाँले बढेर आएको छ।

       
       

        कमेन्टहरु