सन्दीप लामिछाने प्रकरण : गाउँपालिकामा गौशाला २६ ले दिएको जन्मदर्ताको निवेदन माग्ने आदेश

नवलपुर टुडे
२०८१ बैशाख ३ | मध्यान्ह ०६:०१ बजे

काठमाडौँ । उच्च अदालत पाटनले सन्दीप लामिछानेको मुद्दामा गौशाला २६ ले जन्मदर्ताको प्रतिलिपि पाउनको लागि गाउँपालिकामा दिएको निवेदनको सक्कलैप्रति माग्ने आदेश दिएको छ ।
तादी गाउँपालिकाले २०७९ असार १४ मा पीडितको निवेदनको आधारमा जन्मदर्ताको प्रतिलिपि जारी गरेको जवाफ दिएको थियो । सो प्रतिलिपि पाउन पीडितले दिएको निवेदनका सक्कलैप्रति झिकाउन न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलले आदेश गरेका हुन् ।
पीडितको जन्मदर्ता प्रमाणपत्रको स्पष्ट बुझिने प्रति पनि झिकाउन अदालतले आदेश गरेको छ ।






