घटना

    गुल्मीमा आगो निभाउने क्रममा १ को मृत्यु, १ घाइते

    नवलपुर टुडे
    २०८१ बैशाख ३ | मध्यान्ह ०६:०१ बजे

      गुल्मी, वैशाख ३ । गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर १ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको मृत्यु भएको हो ।

      जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले महलेको मृत्यु हुँदा आगो निभाउन गएका सोही ठाउँका ५२ वर्षका रेशम थापा घाइते भएका छन् ।

      त्यस्तै आगो निभाउने क्रममा घाइते भुजेलको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु