देश

    आज विधेयकका संशोधनकर्तासँग छलफल गर्दै समिति

    नवलपुर टुडे
    २०८१ बैशाख ३ | बिहान ०६:०१ बजे

      काठमाडौं । संघीय संसद्अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । 

      आज दिउँसो साढे १२ बजे बस्ने बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग  छलफल गर्ने कार्यसूची छ । 

      स्वास्थ्य तथा सूचना प्रविधि समितिको हलमा बस्ने बैठकमा अन्य विविध विषयमा पनि छलफल हुने संसद् सचिवालयले जनाएको छ । 

        कमेन्टहरु