देश

    नवलपुरमा ८ जना कोरोना संक्रमित थपियो ।

    नवलपुर टुडे
    २०७७ भदौ १२ | बिहान ११:०५ बजे

      कावासोती । पूर्वी नवलपरासीमा आज एकै दिन ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । बिनयी त्रिबेणी गाउँपालिकाका ६ जना, र देचुली नगरपालिकाका २ जनामा संक्रमण पुष्टी भएको पोखरा स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

      बिनयी त्रिबेणी गाउँपालिकाका वडा नं १ मा १७,४,६७,र ६१ बर्षका ४ महिला र सोही वडाका २०,६० बर्षका २ पुरुष गरी ६ जना संक्रमित थपिएका छन ।

      त्यसैगरी देचुली नगरपालिकाको वडा नं १५ मा ५० बर्षिय महिला र वडा नं १६ का ३० बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको पोखरा स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।

        कमेन्टहरु