देश

    राष्ट्रपति पौडेलद्वारा सपनातीर्थ मन्दिरको दर्शन

    नवलपुर टुडे
    २०८१ बैशाख १ | बिहान ०९:०१ बजे

      काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले  टोखा नगरपालिका वडा नम्बर २ मा रहेको प्रसिद्ध ऐतिहासिक सपनातीर्थ मन्दिरमा शनिबार बिहान पूजा अर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गरेका छन्। नयाँ वर्ष २०८१ को अवसरमा सपनातीर्थमा हप्तासम्म परम्परागत जात्रा तथा मेला एक लाग्ने गर्दछ ।

      राष्ट्रपति पौडेल मन्दिर परिसरमा पुग्दा सांसद प्रदीप पौडेल, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, सपनातीर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डङ्गोललगायतले स्वागत गरेका थिए ।

      सो अवसरमा राष्ट्रपति पौडेललाई क्षेत्र विकास समितिका पदाधिकारीले मायाको चिनो प्रदान गरेका थिए । 

      ramchandra2

       

        कमेन्टहरु