देश

    मन्त्रिपरिषद्का पाँच निर्णय

    नवलपुर टुडे
    २०८० चैत्र ३० | मध्यान्ह ०६:१२ बजे

      काठमाडौं । सरकारले संसद्को चालु अधिवेशन आउँदो वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । 

      यी हुन् पाँच निर्णय
      १. कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न देहायको सिफारिस समिति गठन गर्ने : 
      क. सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश श्री ओमप्रकाश मिश्र – अध्यक्ष 
      ख. राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य– सदस्य 
      ग. मानव अधिकारवादी, मनोविज्ञानवेत्ता, कानुनविद, विधि विज्ञानवेत्ता, द्वन्द्वविद, समाजशास्त्री, महिला अधिकारकर्मी वा शान्ति प्रक्रियामा संग्लन व्यक्तिहरु मध्येबाट देहाय बमोजिमका सदस्यहरू– 
      सर्वोच्च अदालतका पूर्वन्यायाधीश श्री जगदीशप्रसाद शर्मा पौडेल – सदस्य 
       डा. अर्जुनकुमार कार्की– सदस्य  
       श्री स्टेला तामाङ – सदस्य 

      २. कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई नेपालको राष्ट्रिय फलको रुपमा मान्यता दिने । 

      ३. परराष्ट्र मन्त्रालयको प्रस्तावमा सयुक्त राज्य अमेरिकाको ओहोयो राज्यको लागि डा. दामोदर पौडेललाई अवैतनिक वाणिज्यदूत पदमा नियुक्त गर्ने । 

      ४. संसद्को चालु अधिवेशन २०८० वैशाख २ गते रातको १२ बजेदेखि अन्त्य गर्न सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गर्ने । 

      ५. राष्ट्रियसभामा रिक्त रहेको सदस्यमा डा. अन्जान शाक्यलाई मनोनयन गर्न सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गर्ने ।

        कमेन्टहरु