कृषि

    रौतहटमा पहिलो पटक कालो गहुँ उत्पादन

    अशोक यादव
    २०८० चैत्र ३० | बिहान १०:१२ बजे

      रौतहट । रौतहटमा पहिलो पटक कालो गहुँ उत्पादन गरिएको छ । फतुवाविजयपुर नगरपालिका- ८ बस्ने श्रीभगवान यादवले व्यवासायिक रुपमा कालो गहुँको उत्पादन गरेका हुन् ।

      उनले २० विघा जग्गा भाडामा लिइ यसै वर्षदेखि व्यवसायिक रुपमा कालो गहुँको खेती शुरु गरेको हो ।

      उनले नयाँ किसिमले अलग प्रजातिको अर्थात कालो गहुँ, आलु, काउली र मकै उत्पादन शुरु गरी चर्चामा आएका छन् । कालो गहुँमा सेतो गहुँ भन्दा बढी फाइबर, मिनरल लगायत तत्व पाइने उनले बताए ।

        कमेन्टहरु