फेवातालमा हावाहुरीले डुंगा दुर्घटना, १ जनाको सकुशल उद्धार

नवलपुर टुडे
२०८० चैत्र २९ | मध्यान्ह ०५:१२ बजे

पोखरा । बिहीबार दिउँसो फेवातालमा अचानक आएको हावाहुरीको कारण डुंगा दुर्घटना भएको छ। सशस्त्र प्रहरीका अनुसार कायक बोट पल्टिँदा दुर्घटनामा परेकी एक जनाको सकुशल उद्धार गरिएको छ।
काठमाडौँ महानगरपालिका- १७ सामाखुसी बस्ने २५ वर्षीया अग्नि देवकोटा तालमा खसेकी थिइन्। उनलाई फेवाताल बाराहीघाटस्थित सशस्त्र प्रहरीको रेस्क्यु वाच टावरमा खटिएको विशेष उद्धार तथा गोताखोर टोलीले तत्कालै सकुशल उद्धार गरी किनारमा ल्याएको सशस्त्र प्रहरीका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
थापाका अनुसार उनको अवस्था हाल सामान्य छ।





