समाज

    छायाँ सेन्टर भत्किने संकेट अदालतले दियाे आदेश

    नवलपुर टुडे
    २०८० चैत्र २८ | मध्यान्ह ०४:१२ बजे

      काठमाडौं । ठमेलको ऐतिहासिक कमलपोखरी माँसेर निर्माण गरिएको छायाँ सेन्टर भत्कने भएको छ । सर्वोच्च अदालतले कमलपोखरी रहेको तथ्यको व्याख्या गर्दै हडपिएको जग्गा खोज्न आदेश दिएपछि छायाँ सेन्टर भत्कने भएको छ ।

      अदालतको आदेशमा कमलपोखरीको जग्गा २६ रोपनी रहेको र त्यसको खोजी गरी जानकारी दिनुपर्ने उल्लेख छ । अब कमलपोखरीको जग्गा कहाँ कहाँ छ भन्ने तथ्य जिम्मेवार निकायले दिनुपर्नेछ ।

      कमलपोखरी ठमेलमा बनेको छायाँ सेन्टरमा छ । छायाँ सेन्टरले १२ रोपनी जग्गा हडपेको हो । बाँकी जग्गा त्यही वरिपरि रहेकाले अरु हडपिएको जग्गा पनि फिर्ता हुने भएको छ ।

      कमलपोखरी माँसेर पृथ्वीबहादुर पाँडेको नेतृत्वमा देशका कथित प्रतिष्ठित भनिएकाहरुले छायाँ सेन्टर निर्माणमा भूमिका खेलेका थिए । कतिपयले जग्गा हडप्न सहयोगी पुर्याएकाले गोल्डन शेयर नै पाए ।

      नेपाली पेनले छायाँ सेन्टरले कमलपोखरीको जग्गा हडपेको विषय खोजीसहित प्रकाशित गर्दै आएको छ ।

      नेपाली पेनका प्रधानसम्पादक दीपेश केसीले पहिलोपटक नागरिक दैनिकमा कमलपोखरीको जग्गा हडपेको विषय खोजीसहित प्रकाशित गरेका थिए । त्यसपछि छायाँ सेन्टरविरुद्ध सर्वोच्च अदालतमा भागवतनरसिंह प्रधानले मुद्दा दायर गरेका थिए ।

        कमेन्टहरु