दुर्घटना

    ट्याक्सी दुर्घटना हुँदा २ जना बच्चासहित ६ जना घाइते

    नवलपुर टुडे
    २०८० चैत्र २८ | बिहान ११:१२ बजे

      बुटवल, चैत २८ । अर्घाखाँचीमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। सुपा देउराली दर्शन गरी कास्कीको पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो।

      घुम्ती दुर्गाफाट सडक खण्डको पाणिनी ८ कोलडाँडाको ओरालोमा दुर्घटना भएको पाणिनी गाउँपालिका–८ का अध्यक्ष रोमनाथ पाण्डेले बताए । दुर्घटनामा परि २ जना बच्चासहित ६ जना घाइते भएका छन् ।

      गाडी सडकबाट अन्दाजी २०० मोटर तल खसेको थियो । घाइतेहरू कास्की जिल्लाकै रहेको खुलेका छ।

        कमेन्टहरु