समाज

    कपिलवस्तुको विजयनगरमा आगलागी सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

    नन्द किशोर कुर्मी (लालु)
    २०८० चैत्र २७ | मध्यान्ह ०७:१२ बजे

      कपिलवस्तु, चैत २७ । कपिलवस्तुको विजयनगर गाउँपालिकाको आयोजनामा आगलागी सम्बन्धि जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

      गाउँपालिकाको वडा नं.७ स्थित गेडुवाजाेतमा स्थानीय समाजसेवी, डाक्टर र विद्यालयका विद्यार्थिहरु गरी ३० जनाको उपस्थितिमा आगलागी सम्बन्धि जनचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

      बालबालिकालाई सलाई नदिनु र महिलाहरुले आगाे बाल्दा सचेत भएर आगाे बाल्नु पर्ने डालपुरका सशस्त्र बल प्रहरी इन्स्पेकटर संताेस ठागीं बताए । कार्यक्रममा करिब ३० जनाको सहभागिता रहेको थियो ।

        कमेन्टहरु