समाचार

    कैलालीको घोडाघोडीमा दिदी बहिनी झुन्डिएको अवस्थामा मृत फेला

    नवलपुर टुडे
    २०८० चैत्र २७ | मध्यान्ह ०१:१२ बजे

      कैलाली, चैत २६ । कैलालीको घोडाघोडी नगरपालिका वडा नं १० ठेबारस्थित एक घरमा दिदी बहिनी मृत अवस्थामा भेटिएका छन् ।

      २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कवीन्द्र बोहराले जानकारी दिए । डीएसपी बोहराका अनुसार मंगलबार बिहान करिब ७ बजेतिर टिनले छाएको काठको दुई तले कच्ची घरको तल्लो कोठामा दोपट्टाको पासो लगाएर झुन्डिएको अवस्थामा उनीहरूको शव भेटिएको हो ।

      घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

        कमेन्टहरु