देश

    १६ जना एसपीको सरूवा, को कहाँ पुगे, महोत्तरी र सर्लाहीका महिनामै तानिए

    नवलपुर टुडे
    २०८० चैत्र २४ | बिहान ११:१२ बजे
      काठमाडौं, चैत २४ । नेपाल प्रहरीका १६ जना प्रहरी उपरीक्षक (एसपी) सरूवा भएका छन्। प्रहरी महानिरीक्षक बसन्त कुँवरले शुक्रबार विभिन्न जिल्ला तथा कार्यालयहरूमा काम गरिरहेका एसपीहरूको सरूवा गरेका हुन्।

      प्रहरी महानिरीक्षक कुँवरले बारामा एसपी महेन्द्र खड्कालाई पठाएको छ। उनी प्रहरी प्रधान कार्यालय, सूचना विश्लेषण शाखा नक्सालमा कार्यरत थिए।

      त्यस्तै रौतहटमा अपराध अनुसन्धान विद्यालय महाराजगंजमा कार्यरत एसपी दिलीप घिमिरेलाई पठाइएको छ। महोत्तरीका एसपी श्याम राई र सर्लाहीका एसपी दयानिधि ज्ञवाली कमाण्ड सम्हालेको डेढ महिनामै सरूवा गरिएका छ्न।

      राईको स्थानमा नकुल पोखरेल र ज्ञवालीको स्थानमा रवीन्द्र बहादुर सिंहलाई पठाइएको छ एसपी राईलाई अपराध अनुसन्धान विद्यालय महाराजगंज  र ज्ञवालीलाई नेपाल प्रहरी केन्द्रीय विशेष कार्यादल काठमाडौं तानिएको छ।

      जिम्मेवारी दिइएको १ वर्ष नपुगी सरूवा नगर्ने भनिएपनि दुई जना एसपीलाई भने डेढ महिनामै सरूवा गरिएको छ। दुवै एसपीले फागुन २  मा जिल्लाको कमाण्ड सम्हालेका थिए।

      को कहाँ पुगे

      sp-saruwa-1-1712370890.jpg

      sp-saruwa-2-1712370890.jpg

        कमेन्टहरु