लुम्बिनी प्रदेश

    लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त

    नवलपुर टुडे
    २०८० चैत्र २३ | मध्यान्ह ०५:१२ बजे

      रूपन्देही, चैत २३ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् ।

      प्रदेश प्रमुख अमिक शेरचननले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसद गरी ४८ सांसदको समर्थन छ ।

      उनको शपथ भने आइतबार मात्रै गरिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

        कमेन्टहरु