राजनीति, लुम्बिनी प्रदेश

    लुम्बिनीका मुख्यमन्त्री चौधरीले राजीनामा दिँदै

    नवलपुर टुडे
    २०८० चैत्र २२ | मध्यान्ह ०२:१२ बजे

      काठमाडौं, चैत २२ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिने भएका छन् । पार्टीले मुख्यमन्त्री चौधरीलाई विश्वासको मत नदिने भएपछि उनले राजीनामा दिन लागेका हुन् ।

      नयाँ गठबन्धनबाट मुख्यमन्त्री बन्न लागेका माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको समर्थन जुटाएका छन् ।

      चौधरीले बिहीबार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनाको घोषणा गर्ने तयारी रहेको स्रोतले बताएको छ ।

        कमेन्टहरु