नेपाल प्रहरीका १९ इन्सपेक्टर डीएसपीमा बढुवाका लागि सिफारिस

नवलपुर टुडे
२०८० चैत्र २२ | बिहान ०६:१२ बजे

काठमाडौं, चैत २२ । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९ प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ।
हिजो बसेको बढुवा समितिको बैठकले ९८ जनाबाट १९ जना बढुवा सिफारिस गरेको हो। २०७० सालमा निरीक्षक पदमा भर्ना भएका यही टोलीका यसअघि ४६ जनाको बढुवा भएको थियो।





