सुदुरपश्चिम प्रदेश

    कैलालीमा उखु बोकेको ट्रकमा आगलागी

    नवलपुर टुडे
    २०८० चैत्र २१ | मध्यान्ह ०७:१२ बजे
    आगो निभाउँदै सुरक्षाकर्मी।

      धनगढी, चैत २१ । कैलालीमा एक ट्रकमा आगलागी भएको छ। उखु बोकेर कञ्चनपुरबाट बर्दियाको राजापुरतर्फ गइरहेको ना ५ ख ४२६९ नम्बरको ट्रकमा आज आगलागी भएको हो। 

      कैलारी गाउँपालिका–३ सुर्मीनालामा ट्रकमा विद्युत तार छोएर आगालगी भएको इलाका प्रहरी कार्यालय हसुलियाका इन्चार्ज लोकन्द्र चन्दले जानकारी दिनुभयो। 

      ट्रकमा लागेको आगोलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारणले मिलेर निभाएका छन्। आगो नियन्त्रणमा आएको चन्दले जनाउनुभयो। 

      केही दिन अगाडि चिसापानीस्थित कर्णाली पुलमा लाइटर बोकेको र पूर्वपश्चिम राजमार्गमा खुर्शानी बोकेको ट्रकमा आगलागी भएको थियो। कर्णालीमा ट्रकमा लागेको आगोले पुलमासमेत क्षति पुर्याएको थियो। 

        कमेन्टहरु