अपराध, गण्डकी प्रदेश

    पर्वतमा धारिलो हतियार प्रहारबाट श्रीमान श्रीमतीको हत्या

    नवलपुर टुडे
    २०८० चैत्र २० | बिहान ११:१२ बजे

      पर्वत, चैत २० । पर्वतको जलजला गाउँपालिका वडा नं २ राममन्दिरमा गएराति एक दम्पतीको हत्या भएको छ ।

      स्थानीय सूर्यबहादुर क्षेत्री र उनकी श्रीमती कमला जिसीको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा आज बिहान स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । पर्वतबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

      एकान्तमा रहेको सो घरमा सूर्यबहादुर र उनकी श्रीमती मात्रै बस्दै आएका थिए । लुटपाट गरेर हत्या गरेको हुन सक्ने आशंका गरिएको छ । घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान सुरु गरेको छ ।

        कमेन्टहरु