देश

    पाल्पामा असार १२ गते सम्म निषेधाज्ञा थप्यो (डिसिसिएमसिको निणर्य सहित)

    जगत ठाडा मगर
    २०७८ जेष्ठ ३१ | बिहान १०:०२ बजे

      असिम कामु मगर
      पाल्पा । पाल्पा जिल्लामा जारी निषेधाज्ञा थप दुई हप्ता बढाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको जिल्ला कोभिड संकट व्यवस्थानप समितिको सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारीले निषेज्ञाज्ञा थप गर्नुभएको हो ।

      photo 2021 06 14 10 26 16

      गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा पाल्पामा चौथो पटक थप गरिएको हो । जारी निषेधाज्ञा आज राती १२ बजेसम्म सकिदैछ । थप निषेधाज्ञा असार १२ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी रहने प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेयले बताउनु भयो । भने निषेधामा केही खुकुलो बनाउने निणर्य भएको छ ।

      बैठकले अत्यावश्यक सामग्रीको विक्री तरकारी, खाध्यान्न लगायतका पसलहरु बिहान ११ बजेसम्म खुल्ने पाइने र यस्तै बैंक तथा वित्तिय संस्था ११ बजेसम्म खोल्न पाइनेछ ।

        कमेन्टहरु