देश

    प्रतिनिधि सभा बैठक बस्दै, सांसदको प्रश्नमा मन्त्रीहरूले जवाफ दिने

    नवलपुर टुडे
    २०८० चैत्र २० | बिहान ०७:१२ बजे

      काठमाडौं, चैत २० । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।

      आजको बैठकमा सांसदहरूले उठाएको प्रश्नमा मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सम्बन्धित मन्त्रालयको विषयमा उठेका प्रश्नको जवाफ दिनेछन् ।

      यस्तै, आजै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक बडापत्रको प्रावधानमाथि सदनमा छलफल र अनुमोदनका लागि प्रस्ताव गर्ने कार्यसूची छ । 

      24234

        कमेन्टहरु