देश

    आज २०८० चैत २० गते मंगलबारको राशिफल

    नवलपुर टुडे
    २०८० चैत्र २० | बिहान ०५:१२ बजे

      काठमाडौ, चैत २० । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योग रहेको छ ।

      मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) : आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । घर परिवारका सदस्यहरूबाट सहयोग पाइनेछ । रमणीय र सुखद् यात्राको योग पनि छ ।

      सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा पनि सफलता पाइनेछ ।

      तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : आज सफल यात्राको योग छ । कार्य सम्पादनमा सहजता र लाभ पनि मिल्नेछ, तर साँझमा पैसा खर्च हुने चोटपटकको भय छ सचेत रहनुहोला ।

      धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइन्छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

      कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ला । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।

      वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला ।

      कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ ।

      कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) : आज मनमा शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।

      वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : आज अधुरा र रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

      मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) : सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला ।

      मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : आज सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । मनमा दुबिधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ ।

      राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

        कमेन्टहरु