देश

    ‘बाहिनीपति कप, २०८०’ को उपाधि नम्बर १९ बंगलामुखीलाई

    नवलपुर टुडे
    २०८० चैत्र १९ | बिहान १०:१२ बजे
      काठमाडौँ । नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले आयोजना गरेको ‘बाहिनीपति कप, २०८०’ को उपाधि नम्बर १९ बंगलामुखी विशेष कार्यदल गण हल्चोकले जितेको छ।

      चैत १३ गतेदेखि १८ गतेसम्म फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, टेबल टेनिसलगायतका खेल विधाहरू समावेश गरी सञ्चालन भएको प्रतियोगिता सो बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

      कार्यक्रममा नायव महानिरीक्षक थापाले बाहिनीपति कपको ट्रफी नम्बर १९ बगलामुखी विशेष कार्यदल गण हल्चोकलाई हस्तान्तरण गर्नुकासाथै विजय टिम तथा खेलाडीहरूलाई मेडल र प्रमाणपत्र समेत प्रदान गरे।

      1711945569 c20f60da 3d1c 4d74 b313 8f4dfaed36d1

      उनले खेलकुद प्रतियोगिताले सशस्त्र प्रहरी कर्मचारीहरूमा आपसी भातृत्व बन्धुत्व र भाइचाराको विकास, पेसाप्रतिको निष्ठा, पृथक मनोरञ्जनको वातावरण सिर्जना, सकारात्मक सोचको विकास हुनुको साथै निकट भविष्यमा आयोजना हुन गइरहेको ‘आईजीपी कप’का लागि खेलाडीहरूको छनोटमा समेत सहयोग पुग्ने बताए।

      नायव महानिरीक्षक थापाले सकल दर्जाका राष्ट्र सेवकहरूमा सामूहिक भावना, व्यावसायिक क्षमता अभिवृद्धि, संगठन र युनिटप्रतिको बफादारिता, व्यक्तिगत अनुशासन, उपलब्ध स्रोतसाधनको सदुपयोग तथा व्यावसायिक प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले सञ्चालित प्रतियोगितामा बाहिनी मातहतका गण र गुल्महरूका सशस्त्र प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।

      1711945601 c0197e02 87b6 4e7e 94d1 206b5065fc56

      खेलकुद क्षेत्रको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले संगठनको पेसागत गतिविधिअन्तर्गत बाहिनीपति कपको आयोजना गरिएको हो।

        कमेन्टहरु