देश

    पेट्रोलको मूल्य लिटरमा ४ रुपैयाँ बढ्यो

    नवलपुर टुडे
    २०८० चैत्र १९ | बिहान ०६:१२ बजे

      काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल लिटर ४ रुपैयाँले बढाउने निर्णय गरेको हो ।

      इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ ७६ पैसा मूल्य बढेर आएकोले यहाँ पनि बढाइएको हो । काठमाडौं उपत्यकामा उपभोक्ताले प्रतिलिटर पेट्रोल अब १ सय ७५ तिर्नु पर्ने छ ।

      यसअघि १ सय ७१ रुपैयाँमा कारोबार भइरहेको थियो । डिजेलरमट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

      petrol 1

       

        कमेन्टहरु