दुर्घटना

    पोखराको भदौरेमा जिप दुर्घटना : ९ जनालाई उद्धार गरि अस्पताल पठाइयो, अन्यको खोजी

    नवलपुर टुडे
    २०८० चैत्र १८ | मध्यान्ह ०५:१२ बजे

      पोखरा, चैत १८ । पोखराको भदौरेमा जिप दुर्घटना भएको छ ।

      पोखराबाट भदौरे जाँदै गरेको ग १ ज ४५४७ नम्बरको जिप सल्लाघारीमा सडकबाट २ सय ५० मिटर तल झरेको हो । दुर्घटनामा हालसम्म ९ जनाको उद्धार गरी अस्पताल पठाइएको र अन्यको पनि खोजी भइरहेको कास्की प्रहरीका इन्स्पेक्टर सूर्यबहादुर रानाले जानकारी दिए ।

      उनकाअनुसार केहीको अवस्था गम्भीर छ ।

        कमेन्टहरु