दुर्घटना

    रौतहटमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु

    अशोक यादव
    २०८० चैत्र १८ | मध्यान्ह १२:१२ बजे

      रौतहट, चैत १८ । रौतहटमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

      आज बिहान रौतहटको हुलाकी सडकखण्ड अन्तर्गत परोहा नगरपालिकाको बसन्तपट्टी र लौकाहाको बिचमा बिआर ३० यू-८७६७ नम्बरको होन्डा साइन र बिआर ०५ बिबि-२८४० नम्बरको अपाची मोटरसाइकल एक आपसमा ठोक्किँदा बौधिमाई नगरपालिका वडा नं. ४ इनर्वारी निवासी २५ बर्षीय सुरेश पासवानको मृत्यु भएको हो ।

      दुर्घटनामा परि गम्भीर घाइते भएका पासवानलाई उपचारका लागि बिरगंज पठाइएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राैतहटका डिएसपी एलिजा गिरिले जानकारी दिइन् ।

        कमेन्टहरु