रौतहटमा विद्युतीय बोरिङद्वारा किसानलाई राहत

दिपेश कुमार शाह
२०८० चैत्र १६ | बिहान १०:१२ बजे

रौतहट । सिचाइँमा प्राथमिकता दिँदै दुईवटा विद्युतीय बोरिङ व्यवस्थापन गरिएको हो । कटहरीया नगरपालिका भरीमा विद्युतय नरहेको हुनाले वडा नम्बर ४ अध्यक्ष चन्दन कुमार कुशवाहाले किसानहरुका लागी सिचाइँमा प्राथमिकता दिएको विद्युत बोरिङ व्यवस्थापन गरेको छन ।
हर्साहा बलीरामपुर दुई ठाँउका किसानहरुका लागी सिचाईका काम धमाधम भैरहेको किसानहरुले बाताए । किसानहरुको हकहितमा कार्य भैरहेको हुनाले किसानहरुका मुखबाट चन्दन कि जय भन्दै नारा लगाउदै खेतमा पानी आए पछि खुशी देखा परेको छ्न । सहरी बिकासका योजनाबाट विद्युत बोरिङको कार्य भैरहेको मनोज यादवले बताएका छ्न ।





