बिश्व

    अदालतबाट केजरीवालले पाएनन् राहत

    एजेन्सी
    २०८० चैत्र १५ | मध्यान्ह ०५:१२ बजे

      नयाँ दिल्ली । मदिरा नीति घोटालामा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अदालतबाट राहत पाएनन् । प्रवर्तन निर्देशनालय (ईडी)ले उनको हिरासत अवधि थप सात दिन बढाउन माग गरेको थियो । यो मामिलामा फैसला सुनाउने क्रममा अदालतले ४ दिन म्याद बढाइदिएको छ ।

      ईडीले केजरीवाललाई बिहीबार राउज एभिन्यू अदालतमा पेस गरेको थियो । अदालतले अप्रिल १ सम्ममा उनलाई हिरासतमा राख्न ईडीलाई अनुमति दिएको छ । ईडीले आम आदमी पार्टीलाई सक्न चाहेको केजरीवालको भनाइ थियो । गएको बिहीबार केजरीवालको निवासमा सोधपुछ गरेलगत्तै ईडीले उनलाई पक्राउ गरेको थियो ।

      अदालतले बिहीबार दुवै पक्षको दलिल सुनेपछि ४ दिन म्याद थप्ने निर्णय गरेको थियो । अदालतमा केजरीवालले हिरासत अवधि बढाउने ईडीको मागको  विरोध गरेनन् । छानबिनमा सहयोग गर्न तयार रहेको पनि उनले बताए । विरोध नगर्नुको मतलब ईडीको आरोप स्वीकार गरेको भन्ने नभएको केजरीवालका वकिलले अदालतमा भनेका थिए ।

        कमेन्टहरु