मुख्य समाचार

    राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले दिइन् राजीनामा

    नवलपुर टुडे
    २०८० चैत्र १५ | मध्यान्ह ०२:१२ बजे

      काठमाडौं, चैत १५ । राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । अर्यालले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन् ।

      सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दाहाल गत फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका थिए । उपाध्यक्ष अर्याल पनि माओवादीबाटै २०७९ माघ २३ गते उपाध्यक्ष बनेकी थिइन् ।

      अहिलेको सत्ता गठबन्धन दलहरूबीच राष्ट्रिय सभा अध्यक्ष माओवादीले लिने र उपाध्यक्ष अन्य दलले लिने सहमति भएपछि उपाध्यक्ष अर्यालले राजीनामा दिएकी हुन् ।

      यसअघि गठबन्धनमा उपाध्यक्ष नेकपा एमालेलाई दिने सहमति भएको थियो । तर, पछि नेकपा नेकपा (एकीकृत समाजवादी) मिसिएसँगै नयाँ सहमतिमा त्यो बुँदा हटाइएको छ ।

      urmila aaryal rajinama

        कमेन्टहरु