अपराध

    रौतहटमा एक पुरुषद्वारा आफ्नै श्रीमतीको घाँटी छिनाएर हत्या

    अशोक यादव
    २०८० चैत्र १४ | मध्यान्ह ०७:१२ बजे

      रौतहट, चैत १४ । रौतहटमा एक पुरुषले आफ्नै श्रीमतीको घाँटी छिनाएर हत्या गरी आफू पनि आत्महत्याको प्रयास गरेका छन् ।

      जिल्लाको वृन्दावन नगरपालिका वडा नं १ भोटिया टोलमा घरायसी विवादको कारण ३७ वर्षीय श्रीमान तिर्थ वाइवाले आफ्नै ३५ वर्षीया श्रीमती सेती माया तामाङको बुधबार दिउँसो साढे ४ बजेको समयमा घाँटी छिनाएर हत्या गरेका हुन् ।

      तिर्थको सिभिल अस्पताल चन्द्रपुरमा अहिले उपचार भइरहेको छ ।

        कमेन्टहरु