मधेश प्रदेश

    रौतहटमा आगलागीबाट लाखौ क्षती

    अशोक यादव
    २०८० चैत्र १३ | मध्यान्ह १२:१२ बजे

      रौतहट, चैत १२ । गरुडा बजारको कुशवाहा इन्टरप्राइजेजमा आगलगी हुँदा लाखौँको क्षति भएको छ । रौतहटको गरुडा नगरपालिका- ४ स्थित कुशवाहा इन्टरप्राइजेजमा गएराति १२ बजेको समयमा आगलागी भएको हो।

      आगलागीबाट लगभग आठ लाख बराबरको स्पेयर पार्ट, नगद दुई लाख ३० हजार र चार ताला घरको सर सामानहरु जलेर नष्ट भएको कुशवाहा इन्टरप्राइजेजका प्रोप्राइटर दिलिप कुमार कुशवाहाले जानकारी दिए ।

        कमेन्टहरु