देश

    इलाममा आइतबार ८ जना संक्रमण पुष्टि

    नवलपुर टुडे
    २०७८ जेष्ठ ३० | मध्यान्ह ०९:०२ बजे

      इलाम । इलाममा आइतबार दुई नगरपालिकामा गरि आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी आठ पालिकामा संक्रमित छैनन् ।

      आइतबार इलाम नगरपालिकामा एक जना र सूर्योदय नगरपालिकामा सात जना संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ कार्यालयले जनाएको छ ।

      इलाममा एक महिनायता आइतबार संक्रमितको संख्या सबैभन्दा कम हो । यस अघि इलाममा एकै दिन एक सय ३६ जनासम्म संक्रमित भएका थिए ।

      योसँगै इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ४६९ पुगे जनाएको छ ।

        कमेन्टहरु