मुख्य समाचार

    ललितपुरको ढोलाहिटीमा होली खेल्ने क्रममा ग्याङ फाइट, दुईजनाको मृत्यु

    नवलपुर टुडे
    २०८० चैत्र १२ | बिहान ०६:१२ बजे

      ललितपुर, चैत १२ । ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको छ । 

      गएराति ९ बजे होली खेल्ने क्रममा विवाद भइ दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको हो । 

      मृत्यु हुनेमा २८ वर्षका रेवाज राई र ३० वर्षका प्रजन राई रहेको प्रहरीले जनाएको छ । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । 

      घटनामा संलग्न भएको आशंकामा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ । 

        कमेन्टहरु