सशस्त्रका ३ अधिकृतलाई आईजी एपीएफ कमेन्डेसन

नवलपुर टुडे
२०८० चैत्र ११ | बिहान ११:१२ बजे

काठमाडौँ । सशस्त्र प्रहरी बलका ३ जना अधिकृतलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आइजी एपिएफ कमेन्डेसन प्रदान गरेका छन् ।
९ नम्बर पशुपति बाहिनी मुख्यालयको २० औँ वार्षिकोत्सव अवसरमा ३ जनालाई कमेन्डेसन प्रदान गरेका हुन् । पुरस्कृत हुनेमा सशस्त्र प्रहरीका एसपी ध्रुव बहादुर कार्की, उद्धव रावल र डीएसपी रजनी थापा छ ।
तिनै जना अफिसर व्यावसायिक र क्षमतावान् मानिन्छन् । डीएसपी रजनी थापा नम्बर–२० बाघभैरव गुलमको गुल्मपती हुन् ।





